सिलगढी: सिलगढीका भाजपा विधायक शंकर घोषले उत्तर बंगाललाई विकासबाट वञ्चित गरेको आरोप लगाउँदै मुख्यमन्त्रीलाई पत्र लेखेका छन्। सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सिलगढी र उत्तर बंगालका विभिन्न विकास कार्यको मुद्दा बारम्बार उठाउँदै आएको बताए। उत्तर बंगालका विभिन्न विकास कार्यका सम्बन्धमा मुख्यमन्त्रीलाई पत्र पनि पठाइएको भए पनि कुनै जवाफ नआएको उनले बताए। विधायकले मुख्यमन्त्रीको उपस्थितिमा विधानसभामा स्पिकर मार्फत पत्र लेखेको बताए। विधायकले समस्या समाधान नभए जनवरीमा विधानसभा वा राजभवनमा आमरण अनशन गर्ने चेतावनी दिएका छन्।