‘मनमा फूल्ने माया’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

MANMA-PHULNE-MAYA

काठमाडौं: गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ। सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ। गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ। भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ। सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउँदिलो देखिएका छन्। भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ। फोर के मिडियामा भिडियोको पोस्ट प्रोडक्सन गरिएको हो। गीतको प्रस्तुतकर्ता हरि शर्मा हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement