तृणमूलद्वारा विपन्नहरूलाई जाडोमा न्यानो लुगा वितरण

IMG-20241217-WA0170

सिलगढी: पूरै उत्तर बंगालसँगै सिलगढीमा पनि कडा चिसो शुरु भएको छ। यस चिसोलाई ध्यानमा राख्दै सिलगढी टाउन ब्लक ३ तृणमूल कांग्रेस नमशुद्र र उद्वस्तु सेलले जाडोमा न्यानो वितरण गरेको छ। सिलगढी टाउन ३ ब्लक नमसुद्र र उद्वस्तु सेलले मंगलबार वार्ड नम्बर ४० मेन स्क्वायर बटालामा २०० जनालाई जाडो कपडा वितरण गरेको छ। कार्यक्रममा सिलगढी नगरनिगमका मेयर गौतम देव, पश्चिम बंगाल नमशुद्र तथा उद्वस्तु सेलका प्रदेश महासचिव रञ्जन मजुमदार, सिलगढी टाउन ३ ब्लक जयहिन्द वाहिनी तृणमूल कांग्रेसका अध्यक्ष सत्यजित अधिकारी र दार्जीलिङ जिल्ला तृणमूल कांग्रेस शरणार्थी सेलका अध्यक्ष नवकुमार बसाकको उपस्थिति थियो।

About Author

Advertisement