आरजी कर मुद्दाको सन्दर्भमा २० दिसम्बरमा सीबीआई कार्यालयको अभियान चलाउने

IMG-20241217-WA0163

सिलगढी: आरजी कर मुद्दाको ९० दिन बितिसक्दा पनि सीबीआईले चार्जशीट पेश नगरेको कारण सन्दीप घोष र अभिजित मण्डललाई जमानत दिइएको छ। यस घटनाको विरोधमा ‘द नाइट इज ओभर’ र ‘सिटिजन फर जस्टिस’ नामक दुई संस्थाले सीबीआई कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएका छन्। यस घटनाको विरोधमा ‘द नाइट इज ओभर’ र ‘सिटिजन फर जस्टिस’ नामक दुई संस्थाले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा दुई संगठनका सदस्यहरूले आरजी कर घटनाको शुरुदेखि नै राज्य सरकार र प्रशासनले घटनालाई आत्महत्या भन्न खोजेको बताए। ‘जुनियर डाक्टरको आन्दोलन र आम जनताको आन्दोलनले यो घटना आत्महत्या होइन, प्रशिक्षार्थी डाक्टरको दुष्कर्म र हत्या भएको प्रमाणित भयो। एकातिर यस घटनाको विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ, तर पनि सीबीआईले आरोपपत्र दायर गर्नसकेको छैन। यस घटनाको विरोधमा सिलगढी सहरमा पनि विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरेका छन्’, उक्त दुई संस्थाको भनाइ छ। यही शृङ्खलामा ‘द नाइट इज ओभर’ र ‘सिटिजन फर जस्टिस’ ले २० दिसम्बरमा सिलगढीको सीबीआई कार्यालयमा अभियानको आह्वान गरेको छ। संगठनका तर्फबाट लुत्फा खातुनले भनिन्, ‘उनीहरू २० दिसम्बरमा सिलगढीको बाघजतिन पार्कमा भेला हुनेछन् र त्यहाँबाट जुलुस निकालेर सीबीआई कार्यालयसम्म अभियान चलाउने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement