ब्राउन सुगरसहित बुद्धशान्तिका प्रजित तामाङ पक्राउ

IMG-20241217-WA0184

बिर्तामोड़: झापाको पूर्वी नाका काँकरभिट्टाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बुद्धशान्तिका एक जना युवालाई पक्राउ गरेको छ। मेचीनगर ६ पुरानो मेची पुलमा २ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति २ बस्ने २१ वर्षीय प्रजित तामाङ पक्राउ परेका हुन्। शंका लागेर चेकजाँच गर्दा उनले मुखमा राखी लुकाई ल्याउँदै गरेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement