बजारमा आइपुग्यो ‘माया बराबर’ (हेर्नुहोस् भिडियो)

s2

काठमाडौँ: भूषण खतिवडा र शान्ति परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ। फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै संगीत सुन्न सकिन्छ। ‘नेपमेलो’ नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको  भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ।

सार्वजनिक  भिडियोमा रियल जोडी  लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। उत्सव दाहालको छायांकनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ।

सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गिटार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ। यस ‘माया बराबर’ गीतको भिडियोलाई कलाकार द्वय  लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement