भारतीय सीमा नजिक नो म्यान्सल्याण्डमा आगलागी, बंगलादेशी बदमाशले आगो लगाएको आशंका

IMG-20241217-WA0160

 दक्षिण दिनाजपुर: दक्षिण दिनाजपुर जिल्लाको कुमारगञ्ज ब्लकको सोन्डिया ग्राम पञ्चायतको रसुलपुर क्षेत्रमा भारत-बंगलादेश सीमामा रहेको अस्थायी काँडे तारको बार (नो म्यान्सल्याण्ड) को भारतीय पक्षमा आगलागी भएको छ। आगलागीले क्षेत्रमा सनसनी फैलिएपछि स्थानीयवासी त्रसित बनेका छन्। घटनाको जानकारी पाएपछि बीएसएफ र कुमारगञ्ज पुलिस घटनास्थल पुगे। बंगलादेशी बदमाश वा तस्करले आगो लगाएको स्थानीयले आशंका गरेका छन्। आगलागी भारतीय क्षेत्रमा फैलिएको दमकलले जनाएको छ। घटनास्थलमा दुईवटा दमकल पुगेर लामो समय आगो नियन्त्रणमा लियो। तर, यस घटनामा न कसैले आधिकारिक रुपमा बताएका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement