सालबारी सेवा समाजको रजत जयन्ती समारोह सम्पन्न

IMG-20241217-WA0130

सालबारी: सालबारी सेवा समाजले आफ्नो अस्त्तित्वको २५अऔं वर्ष पूरा गरेको उपलक्ष्यमा समाजको निज प्रेक्षालयमा एक भव्य सांगितिक कार्यक्रमको साथ सालबारी सेवा समाजले रजत जयन्ती पालन गर्यो। उक्त समारोहमा समाजको अध्यक्ष राजेन मोक्तानको अध्यक्षतामा प्रमुख अतिथि जी टी जि ढुँङ्गेल, स्वस्थ्य अनि परिवार कल्याण मन्त्री सिक्किम,विशिष्ट अतिथिगणमा मिलन रुचाल, दावा लामा, सुरेश कुमार, दुर्गा खरेल, जी सी सुब्बा, आई एस लामा र टंक शर्मा थिए।कार्यक्रमको शुरुवात मन्त्रोचारण, दीप प्रज्वलन साथै प्रमुख अतिथि, विशिष्ट अतिथि अनि कार्यक्रममा उपस्थित दर्शकवृन्दमा खदा अर्पण गरेर आरम्भ गरियो। यस समारोहमा लोकप्रिय गायक- गायिका, प्रार्थना गुरुङ, निवृति शर्मा, ममता छेत्री, रन्जिता सुनार, सुरक्षा सिन्चुरी, नरवीर रसाईली, निरेन प्रधान, महेश सेवा, नविन शंकर र बिरेन प्रधानले आफ्ना  गायनकलाले दर्शकवृन्दलाई मन्त्र मुग्ध बनाइराखे भने युवराज सुनारको नेतृत्वमा ड्रमेज बेन्डले गायक गायिकाहरुलाई साथ दिएका थिए। बालिका अहाना सिन्चुरी र बलिका अभेक्छा शर्माले आफ्ने नृत्यकलाले दर्शकवृन्दका प्रशंसा बटुल्न सफल बने। समारोहलाई संबोधन गर्दै प्रमुख अतिथि जी टी ढुँङ्गेलले आफ्नो वक्तव्यमा सालबारी सेवा समाजको प्रशंसा गर्दै समाजका सबै सदस्य अनि यस भेकका  बासिन्दाहरुलाई बधाई अनि शुभकामना जनाए। यही अवसरमा सालबारी सेवा समाजले उनलाई र मिलन रुचाल ज्यूलाई समाज भवनको जग स्थापित भएदेखि आजसम्मै निरन्तर सहयोग अनि टेवा पुर्याउँदै आएकोमा सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरे। यस समारोहका स्वागत भाषणमा  अध्यक्ष राजेन मोक्तानले दिवंगत नरबहादुर दाहाल अनि दिवंगत पी अर्जुनका संझना गरे भने धन्यवाद ज्ञापनको वक्तव्य मूल सचिव विजय कुमार सुब्बाले राखेका थिए। श्रीमती देविका मंग्रान्ती र सुश्री  प्रनिशाबिष्टले यस कार्यक्रमलाई संचालन गरेकी थिइन्।

About Author

Advertisement