तेस्रो टेस्ट म्याचमा न्यूजील्याण्डको ४२३ रनले जीत

IMG-20241217-WA0125

हेमिल्टन: न्यूजील्याण्डले असाधारण प्रदर्शन गर्दै तेस्रो तथा अन्तिम क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डलाई ४२३ रनको विशाल अन्तरले पराजित गऱ्यो। यो न्यूजील्याण्डको टेस्ट क्रिकेटमा रनको अन्तरले संयुक्त रूपले दोस्रो सबैभन्दा ठूलो जीत हो। न्यूजील्याण्डले यसअघि २०१८-मा क्राइस्टचर्चमा खेलिएको टेस्टमा पनि ४२३ रनले नै पराजित गरेको थियो। यस जीतको साथै न्यूजील्याण्डले आफ्ना दिग्गज पेस बलर टिम साउदीलाई पनि यादगार बिदाई दियो। साउदीले १०७ वटा टेस्ट म्याच खेलेर सन्न्यास लिए। यसबीच तेस्रो टेस्टमा निराशाजनक हारको सम्मुखीन भए पनि ईंग्ल्याण्डले ३ वटा म्याचको टेस्ट सीरीज २-१-ले जित्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३४७ रन बनाएको थियो। त्यसपछि ईंग्ल्याण्ड केवल १४३ रनमा अलआउट हुँदा न्यूजील्याण्डलाई पहिलो ईनिंग्सको आधारमा २०४ रनको बढ़त हासिल भएको थियो। न्यूजील्याण्डले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा केन विलियम्सनको शतक (१५६)-को सहायताले ४५३ रन बनाउँदा ईंग्ल्याण्डलाई म्याच जित्न ६५८ रन बनाउने लक्ष्य प्राप्त भएको थियो।

विशाल लक्ष्यलाई खेदो गर्दै ईंग्ल्याण्डले तेस्रो दिन नै १८ रनमा २ विकेट गुमाएको थियो। त्यसपछि मंगलवार म्याचको चौथो दिन जेकब बेथेल (७६ रन) र जो रुट (५४ रन)-ले अर्द्धशतक बनाए पनि ईंग्ल्याण्डको दोस्रो ईनिंग्स २३४ रनमा समाप्त भयो। रुट र बेथेलले तेस्रो विकेटको निम्ति १०४ रनको पार्टनरशीप गरे। स्पिनर मिचेल सेण्टनरले रुटलाई आउट गरी पार्टनरशीप तोड़्नको साथै न्यूजील्याण्डले म्याच जित्न अधिक प्रतीक्षा गर्नु परेन। रुटले ६४ बल खेलेर १० वटा चौका लगाए। यसबाहेक बेथेलले ९६ बल खेलेर १३ वटा चौका र एउटा छक्का लगाए। ह्यारी ब्रूक १ र ओली पोप १७ रन बनाएर आउट भए। गस एटकिन्सनले चाहिँ ७ वटा चौका र एउटा छक्काको साथ ४३ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा मिचेल सेण्टनरले सर्वाधिक ४ विकेट लिए। यसरी आफ्नो अन्तिम टेस्ट म्याच खेलिरहेका साउदी र उनका साथी पेस बलर म्याट हेनरीले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement