नाम्ची: राष्ट्रिय युवा उत्सव २०२५ अन्तर्गत जिल्ला स्तरीय युवा उत्सव आज इन्डोन स्टेडियममा सम्पन्न भयो। सो उत्सव आयोजन गर्नुको मुख्य उद्देश्य सांस्कृतिक, बौद्धिक र रचनात्मक गतिविधिहरूमा युवाहरूको सहभागितालाई प्रोत्साहित गर्नु रहेको हो।
खेलकुद एवं युवा कार्य विभाग, नाम्ची जिल्लाद्वारा नेहरू युवा केन्द्रको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा नाम्ची नगर परिषदका पार्षद पेम नर्बु भोटिया, एसडीएम निम पिन्चो भोटिया, एनएसएसएस प्रधानाचार्य हरि प्रसाद मगर लगायतको उपस्थित थियो।
उक्त कार्यक्रममा विभिन्न विद्यालय, नाम्ची सरकारी महाविद्यालय, अल्पाइन विश्वविद्यालय, एनवाईकेका कर्मचारीहरू, विभिन्न लाइन विभागका अधिकारीहरू र कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
एनवाईकेका जिल्ला युवा अधिकारी सौरभ बर्मनले विभिन्न प्रतियोगिताहरूको बारेमा जानकारी दिदै राष्ट्रिय स्तरका विजेताहरूलाई प्रधानमन्त्रीको बाहुलीद्वारा पुरस्कृत गरिने गबताए। उनले प्रतिभागीहरूलाई पुरस्कारमाथि मात्र ध्यान केन्द्रित नगरेर यस मञ्चलाई आफ्नो प्रतिभा प्रदर्शित गर्न र अनुभव बटुल्नमा समेत उपयोग गर्न प्रोत्साहित गरे।

प्रतिभागी विद्यार्थीहरूको निम्ति चित्रकला, कविता लेखन, कथा लेखन, मोबाइल फोटोग्राफी आदि प्रतियोगिताहरू आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र र नगद राशि प्रदान गरिएको छ।