मेलबर्न: जेसन गिलेस्पीले मुख्य प्रशिक्षक पद छोड़ेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-को खुलेर आलोचना गरेका छन्। पाकिस्तानी टेस्ट टीमका पूर्व प्रशिक्षकले बताएअनुसार, पीसीबी-ले अन्धकारमा राखेको हुनाले उनले पद छोड़्ने फसेला गरेका थिए। पीसीबी-सँग गिलेस्पीको अनुबन्ध २०२६-सम्म रहेको थियो तर उनले गत हप्ता राजीनामा दिए। गिलेस्पीले संवादहीनताले गर्दा पीसीबी-लाई उनको आवश्यकता नरहेको जस्तो अनुभव भएको बताए। गिलेस्पीले भने, त्यहाँ चुनौतीहरू त थियो। म केही गर्ने लक्ष्यको साथ त्यहाँ गएको थिएँ। पाकिस्तानले थोरै समयमा धेरै प्रशिक्षक बद्लिएको कुरासँग पनि म अवगत थिएँ। मुख्य प्रशिक्षक भएको नाताले नियोक्तासँग मेरो सीधा र स्पष्ट कुराकानी होस् भन्ने म चाहन्थे। हाई परफर्मेन्स प्रशिक्षक नराख्ने विषयमा मलाई सम्पूर्ण रूपले अन्धकारमा राखियो। उल्लेखनीय छ, पीसीबी-ले हाई परफर्मेन्स प्रशिक्षक टिम नीलसनको अनुबन्ध नवीनीकरण गरेको थिएन जसलाई गिलेस्पीले नै टीममा ल्याएका थिए। पूर्व अष्ट्रेलियाई क्रिकेटरले भने, टिम नीलसनलाई उनको सेवाहरूको आवश्यकता नरहेको बताइयो अनि मलाई त्यसबारे कुनै जानकारी नै थिएन। त्यसअघि पनि धेरै घटनाहरू भएको थियो जसले टीमलाई मेरो आवश्यकता नरहेको अनुभव भयो। टीमसँग सम्बन्धित हरेक जानकारी प्रशिक्षकसँग रहनु पर्छ तर पीसीबी-ले मसँग उचित व्यवहार नगरेको जस्तो लाग्यो।