विण्टर कप फूटबल टुर्नामेण्टः शक्तिशाली १०७ टीए सेमिफाइनलमा पुग्न सफल

IMG-20241216-WA0277

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा १०७ टीए (टेरिटोरियल आर्मी)-ले सेमिफाइनलमा स्थान बनायो । नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा सोमवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा १०७ टीए-ले जेभीसी सिंगताम (सिक्किम) विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट अनिवेश गुरुङले छैटौं मिनट र ६९औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एउटा गोल रोहित राईले ३०औं मिनटमा गरे। यसरी जेभीसी सिंगतामबाट दिवस छेत्रीले चौथो मिनट र जेक्सीले ६०औं मिनटमा गोल गरे। विजेता टीमका प्रवेश रोयले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement