जङ्गुमा सात जीपीयूको ग्राम सभा एकै मञ्चमा

IMG-20241216-WA0266

मंगन: उत्तर सिक्किमको जङ्गुअन्तर्गत पासिङदाङ ग्राम विकास केन्द्रमा ग्राम विकास सभा आयोजन भयो। जसमा सात ग्राम पञ्चायत एकाईमा हुने सरकारी योजनाहरुबारे छलफल भएको थियो। ग्राम पञ्चायत विकास योजनालाई पञ्चायती राज संस्थाको नियमअन्तर्गत स्वशासनको रुपमा सञ्चालन गर्न यसरी संयुक्त रुपमा सभा आयोजन गरेको थियो। जसले तल्लो तहको योजना र समावेशी विकासलाई मूर्त रूप दिने काम गर्दै आएको छ। यसबीच सिक्किम सरकारका वन विभागीय मन्त्री तथा क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिका रुपमा उपस्थित थिए। मन्त्री लेप्चाले यो महत्त्वपूर्ण कार्यक्रमबाट लाभ उठाउने आग्रह गर्दै आगामी २१ दिसम्बरको दिन रोलुमा हुने उच्चस्तरीय कार्यक्रमबारे पनि जानकारी गराए। यस सत्रको अध्यक्षता पञ्चायत अध्यक्ष दावा छिरिङ लेप्चाले गरेका थिए। यस कार्यक्रममा पञ्चायत अध्यक्ष, उपाध्यक्ष, सदस्य, अधिकारी, सबै जीपीयूका वरिष्ठ अधिकारीहरू, महकुमा अधिकारी लगायत विभिन्न विभागका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रमको शुरुमा मन्त्री तथा क्षेत्र विधायक लेप्चाले सबैलाई धन्यवाद जनाए। जम्मै सात डीपीयूहरू लुम गोर साङटोक, ही ग्याथाङ, लिङदोङ बरफोक, पासिङ्दाङ साफो, लिङथाम लिङदाम तिङ्भोङ र साक्योङ पेन्टोङ जीपीयूबाट योजनाहरुको मस्यौदा प्रस्तुती गरिएको थियो। विभागका प्रतिनिधिहरूले जीपीयूमा पर्ने आवश्यकताहरूसँग समाधान गर्ने सुनिश्चित गर्दै योजनाहरू र कार्यक्रमहरू प्रस्तुत गरे। मन्त्री तथा क्षेत्र विधायकले यस पहलको प्रशंसा गर्दै यस्तो व्यापक कार्यक्रम व्यवस्थित गर्न ग्राम पञ्चायतहरू र ग्राम विकास केन्द्रको प्रयासलाई प्रशंसा गरे। उनले जङ्गुको विकास पूरा गर्ने सरकारको अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै दिगो रोडम्यापहरू आकार दिन समावेशी निर्णय लिने महत्त्वमा जोड दिए। सहमति भएका प्राथमिकताहरूप्रति सामुहिक बैठकको महत्वबारे बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement