१६औं रोलू दिवसलाई लिएर उच्चस्तरीय बैठक

IMG-20241216-WA0263

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी २१ दिसम्बरको दिन आयोजन हुने १६औँ रोलु दिवसको निम्ति अन्तिम तयारीबारे बैठक गऱ्यो। आज पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष कुङगा निमा लेप्चा लगायत पार्टीका वरिष्ठ उपाध्यक्ष, मन्त्री, विधायकगण लगायत पार्टीका कार्यकर्ताहरूको व्यापक रूपमा उपस्थिति रहेको थियो। बैठकमा रोलु दिवसको निम्ति तयारी सम्बन्धमा पार्टीका सेक्रेटेरी जेनरलले जानकारी लिँदै विभाजित कार्यहरूको तयारीबारे समीक्षा गरे। गत बैठकमा दिइएको विभिन्न जिम्मेवारी जस्तै पानी, यातायात, बिजुली लगायतका कामहरूबारे छलफल भएको थियो। पार्टीका सेक्रेटेरी जेनरल एवं बैठकका अध्यक्ष अरुण उप्रेतीले जिम्मेवारी लिएका सबै विभागले आ-आफ्नो काममाथि गरेको तयारीमाथि सन्तुष्टि व्यक्त गरे। उनले १६औँ रोलु दिवसलाई सफल पार्न समारोह समितिको मात्र जिम्मेवारी नभई हरेक व्यक्तित्वले आ-आफ्नो स्तरबाट सहयोग पुऱ्याउन अपील गरे। बैठकमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको विशेष सम्बोधन रहने भएकोले सबैलाई सो दिन उपस्थित हुने आग्रह पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement