सोनादा: दिलाराम सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा ग्राजुएशन डे आयाेजना गरिएको छ।विद्यालयमा कक्षा पाँचाैदेखि कक्षा बाह्रौंसम्मका पहिलाे, दाेस्राे अनि तेस्राे स्थानमा उत्तीर्ण भएका विद्यार्थीहरु लगायत उनीहरूका अभिभावकहरूलाई खदा लगाई वार्षिक परिणाम काे साथमा पुरस्कार पनि वितरण गरियाे। विद्यालयका प्रधान अध्यापन अनिल शर्मालाई विगत विगत २० वर्षदेखि रिक्त रहेकाे प्रधान अध्यापककाे स्थानमा पदोन्नति भएकोमा विद्यालय पक्षबाट सम्बर्ध्दना पनि जनाईयाे। यसको साथै विद्यालयकाे गीतकाे पनि लाेकार्पण गरियाे। यस गीतकाे संगीत साथै स्वर पनि विद्यालयका वरिष्ठ शिक्षक सुमन गजमेरले दिएका छन्। यस कार्यक्रमको अध्यक्षता विद्यालयकै सञ्चालन समितिका सचिव दावा साङ्गे बम्जनले गरेका थिए भने मुख्य अतिथिकाे रूपमा मेरिज ग्राम पञ्चायत एकको प्रधान राेशनहाङ्ग सुब्बा लगायत विशिष्ट अतिथि उप- प्रधान कणिसा तामाङकाे विशेष उपस्थिति रहेकाे थियाे। यस क्रार्यकमलाई विद्यालयका सह-शिक्षक दिपेश देवानले सञ्चालन गरेका थिए गरेका थिए। गत उक्त ग्राजुएशन डे विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय दिलरामको प्रधान अध्यापक अनिल शर्माले विद्यालयको वार्षिक पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको र यसमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पारितोषिक वितरण गरिएको जानकारी गराएका छन्। उनले विद्यालयमा वर्षभरि उपस्थित रहने विद्यार्थी र अनुशासनमा रहने विद्यार्थीलाई पनि पारितोषिक वितरण गरिएको जानकारी गराएका छन्। उनले यो कार्यक्रम वार्षिक रुपमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्नलाई आयोजना गर्ने गरेको बताएका छन्।