खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल सिविटार युनाइटेड बनाम डीएसके भेटरेन सुकनामाझ सम्पन्न भएको छ। यस खेलमा सिविटार युनाइटेडले २-१ को अन्तरले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलको पहिलो हाफको ११औं मिनटमा नै सिविटारको जर्सी नम्बर ११ कुनाल मोक्तानले गोल गरेर बढत बनाएका थिए। त्यसको लगत्तै १४औं मिनटमा जर्सी नम्बर १२ रुपचन राईले गोल गोल अन्तर दोब्बर बनाएका थिए। पहिलो हाफको खेल २-० को अन्तरमा समाप्त भएको थियो भने दोस्रो हाफको अन्तिम समयमा डीएसके भेटरेनले पेनाल्टी पाएर गोल गरेका थिए। यो गोलसितै दोस्रो दिनको खेल सिविटारले २-१ को अन्तरले जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा सिविटार युनाइटेडको जर्सी नम्बर ११ कुनाल मोक्तानलाई म्यान अफ् द म्याज चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा तीनधारे पुलिस आउट पोष्टको बढाबाबु रमेश विश्वास उपस्थित रहेका थिए। अब भोलि १७ दिसम्बरको दिन हुने खेल लिंकन क्लब सिपाहीधुरा र ब्राइट फुटबल क्लबमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले गत १५ दिसम्बरदेखि तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल सिविटार युनाइटेड बनाम डीएसके भेटरेन सुकनामाझ सम्पन्न भएको र यस खेलमा सिविटार युनाइटेडले २-१ को अन्तरले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्। उनले यस तीनधारे च्यालेञ्च फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा हुने जानकारी गराएका छन् भने यस फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित दुई लाख नगदराशि र उप विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्।