पुलिसले ठूलो परिमाणमा लगाइएको गाँजाखेतीलाई नष्ट गरे

4236340-61

धुबड़ी(असम): धुबड़ी जिल्लाको गौरीपुर क्षेत्रमा पुलिसले गुप्त सूचनाको आधारमा अभियान चलाएर ठूलो परिमाणमा लगाएको गाँजा खेतीलाई नष्ट गरिदिएको छ।
पुलिसले सोमवार सोको जानकारी दिदै जिल्लाको गौरीपुरस्थित दांगिरको चर (नदीको मैदानी भाग)-मा चलाएको अभियान अन्तर्गत प्ठूलो परिमाणमा लगाइएका गाँजा खेतीलाई नष्ट गरिएको छ।
सो घटना स्थलमा पुलिस आएको सुइँको पाउनसाथ गाँजाको खेती गर्ने मानिसहरू घटनास्थलबाट भाग्न सफल भएका थिए।
पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement