२८ नम्बर समष्टिबाट अन्य पार्टीमा गएको खबरकाे भागोप्रमोद्वारा खण्डन

IMG-20241216-WA0233

अन्य पार्टीमा जानेहरु भागोप्रमोको नरहेको सभासद श्याम शेर्पाद्वारा ठहर

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर समष्टिबाट अन्य पार्टीमा गएको खबरकाे खण्डन गरेका छन्।‌ आज भारतीय गोर्खाप्रजातान्त्रिक मोर्चा २८ नम्बर समष्टिकाे सभापति एंव सभासद श्याम शेर्पा, सचिव विमल मुखिया, सांगठनिक सचिव प्रेम बम्जन, कार्यकारिणी सदस्य साथै पन्चायत समिति सदस्य दिनेश तामाङ अनि अन्य सदस्यहरुद्वारा उक्त खबरको खण्डन गरेका छन्। उनीहरुले जानकारी गराए अनुसार सोसल मिडिया अनि समाचार पत्रमा प्रकाशित खबर अनुसार केही व्यक्तिहरु जो आफ्नो व्यक्तिगत स्वार्थकाे लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर समष्टिकाे सभापति अनि संयोजक भएर अन्य पार्टीमा सामेल भएको जानकारी हास्यास्पद कुरा रहेको बताएका छन्‌। अर्को पार्टीमा जानेहरु भारती गोर्खा प्रजातान्त्रिक मोर्चाकाे साधारण सदस्य पनि नरहेको र विगत पन्चायत अनि लोकसभा चुनावमा भारतीय जनता पार्टीमा खटेहरु हुन् भनी बताएका छन्‌। लोकतन्त्रमा सबै सबैले आफुले मन पराएकाे पार्टी गर्नुसक्छ तर नयाँ पार्टीमा केही राम्रो पद पाउँछ कि भनी हाम्रो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीकाे छवि बिगार्ने कार्य नगरेको राम्रो हो कारण समष्टिकाे जनता सबै सबैलाई जानकारी भएको हाे वहाँहरु कुन पार्टीको हाे भनेर। वहाँहरुले त पहिला नै अजय एडवडलाई झुकाएकाे हामीलाई अनुभव भयो। वहाँहरुलाई सुझाव छ कि आआफ्नो परिचय दिएर नयाँ पार्टीमा सम्मिलित हुने हाम्रो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नाम गरेर अन्यलाई नझुकाउने अनुरोध गरेका छन्।
यस विषयमा चिमनी देवरालीका समिति सदस्य दिनेश तामाङले थप जानकारी गराउँदै भने, ‘हिज हामीले मिडियामार्फत केही व्यक्तिहरुले भन्दै थिए पञ्चायत प्रधानकाे हस्ताक्षरबिना एउटा कालो पोलिथिन पनि पाउँदैन भनेर तर वहाँलाई जानकारी नभएको जस्तो लाग्यो वर्तमानमा पहाडमा लागु भएको दुई स्तरीय पञ्चायतमा पञ्चायत समिति हाे साथै जीटीएलाई जिल्ला परिषदकाे दर्जा प्रधान भएको छ, त्यसर्थ जनताले कालो तारपोलिन मात्रै होईन अन्य धेरै धेरै सुविधाहरु पञ्चायत समिति अनि जीटीबाट पाईसकेकाे छ साथै पाउँदैछ। यो जानकारी पञ्चायत प्रधानलाई राम्रोसित थाहा छ। तपाईंहरु अन्य पार्टीमा जानु हवस् राजनीति गर्नु हवस् तर हाम्रो पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे नाम प्रयोग नगर्ने अनि आफ्नो पहिचान लिएर राजनीति गर्ने सुझाव राख्दछौं। यसको साथै हाम्रो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारी भनी नाम प्रयोग गरेकोमा खबरलाई हामी खण्डन गर्दैछौं।’

About Author

Advertisement