सिलगढीः धेरै दिन अघिदेखि अवैध रुपमा वन विभागको जमिन दखल गरेर त्यहाँ चियाको दोकान, सब्जीको खेती तथा बघैँचा बनाएर जमिन दखल गर्ने प्रयास गरिरहेको छ। सिलगढी संलग्न छोटा फापरी, खुदीरामपल्ली लगायत अन्य केही ठाउँहरूमा यस्तो कार्य भइरहेको छ। वन विभागको तर्फबाट आज उक्त जमिनहरूलाई दखलमुक्त गर्न उच्छेद अभियान चलाइयो। प्राप्त जानकारीअनुसार बैकुण्ठपुर वन विभागको डाबग्रामको तर्फबाट आज विशाल बाहिनीलाई साथमा लिएर उक्त इलाकामा उच्छेद अभियान चलाइयो। जेसीबीको सहयोगमा उक्त इलाकाको अवैध सबै निर्माणहरू भत्काइदियो। स्मरण रहोस्, मुख्यमन्त्री ममता व्यानर्जीको निर्देशपछि पुलिस प्रशासनले भू-माफिया लगायत अवैध रुपमा जमिन दखल गर्नेहरूविरुद्ध कठोर पद्धक्षेप ग्रहण गरिरहेको छ। यसैक्रमममा आज सिलगढी संलग्न छोटा फापरी, खुदीरामपल्ली लगायत अन्य केही ठाउँहरूमा उच्छेद अभियान चलाइयो। बैकुण्ठपुर विभागको डाबग्राम रेञ्जका रेञ्जर श्यामा प्रसाद चाकलादारले बताएअनुसार फरेष्टको जमिन कसैले पनि अवैध रुपमा दखल गर्न पाउने छैन। ती जमिनहरूलाई दखलमुक्त गरेर त्यहाँ रुखको विरुवाहरू लगाइने तिनले बताए।