सुर्खेतमा बिमान अबतरणमा अबरोध

IMG-20241216-WA0221

काठमाण्डू: काठमाण्डूबाट सुर्खेत उडेको श्री एयरलाइन्सको एउटा जहाज अवतरण गर्ने बेला सुर्खेत विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि अवतरणमा अवरोध भएको छ।
श्री एयरलाइन्सको ‘९एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु४००’ सिरिजको जहाज सोमबार दिउँसो १ बजे सुर्खेत विमानस्थल अवतरण गर्ने तालिका अनुसार उडेको थियो।
विमानस्थल नजिक पुगेर अवतरण गर्न लागेका बेला धावनमार्गमा कुकुर दौडिएपछि जहाजलाई ‘टर्न’ गरेर एक फन्का घुमाइएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement