झापा: दमक ७ मा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभाग, रेल याेजना कार्यालय स्थापना भएकाे छ। सरकारले पूर्वपश्चिम रेल मार्ग निर्माण गरी रेल सञ्चालन गर्ने याेजना अनुसार दमकमा रेल याेजना कार्यालय स्थापना गरिएकाे हाे। दमक तथा कमलकस्थित महेन्द्र राजमार्गबाट करिब ३ किलाेमिटर दक्षिणबाट रेल मार्ग निर्माणका लागि सर्भे गरिएकाे छ।