काठमाण्डू: प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण तीनवटै कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ। लामिछानेमाथि मुद्दा दायर नहुन्जेलसम्म उनीमाथिको म्याद फेरि थपिने भएको छ। जिल्ला सरकारी कार्यालयकी न्यायधिवक्ता कमला काफ्लेले भनिन्, “यस्तोमा प्रहरीले म्याद थप्नका लागि ल्याउनुपर्छ। उनीहरूले ल्याउँछन्। हामीले जसरी पनि थप्नुपर्छ।”
राजधानीबाट पक्राउ गरेर कास्कीको पोखरा लगिएयता झन्डै ६० दिनयता लामिछाने प्रहरी हिरासतमा छन्।