एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक पक्राउ

IMG-20241216-WA0211

काठमाण्डू: नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छिन्। एमाले नेता बस्नेतसँग नाम जोडिएकी पाठक आज काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन्।
बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैँले गिरफ्तारी दिएको पाठकले बताइन्। यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो।बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाउँदै आएकी पाठकले यसअघि उनीविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन्। उनीमाथि ‘हनि ट्यापिङ’को आरोप पनि लाग्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement