बेचन झा र प्रतिक थापालाई थुनामा राख्न उच्च अदालतको आदेश

IMG-20241216-WA0207

काठमाडौं: उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै पठाउन आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो। झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो।
न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्नेकाठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो। दुवैलाई १८अगस्त २०२४मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement