काठमाण्डू: नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाइ संगै कार्यवहाक अध्यक्ष माधब कल्पित पनि आजबाट अस्पताल भर्ना भएका छन्।
काठमाडौं मेडिकल कलेजमा अहिले दुबैजनाको उपचार भइरहेको कुरा अभियानका केन्द्रिय सचिवालय सदस्य रमेश कटुवालले जानकारी दिएका हुन्। प्रधानमन्त्री केपि शर्मा ओलीको कम्बोडियाको टेलिकममा भएको साडे ३३ अर्ब लगानीको सबुत सहितको भिडियो सार्वजनिक गरेको बिषयलाई लिएर अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाइलाई सिआइबी को टोलिले गत नवंबर १९निजि निवास भक्तपुरबाट पक्राउ गरि सिंहदरबार प्रहरी बृतमा राखी अनुसन्धान गरिरहेको अबस्थामा कार्यवहाकको जिम्मेवारी पाएका कल्पित निजलाइ भेट्न जाने क्रममा सिंहदरवार प्रहरी बृतबाटै सिआइबीको टोलिले गत नवंबर २७उनलाई पनि पक्राउ गरेको थियो। प्रहरी दमन,सरकारको रबैयाको घोरभत्सना गर्दै कल्पितले हिरासद भित्रबाटै आमरण अनसन सुरु गरेका थिए।
आमरण अनसनका क्रममा उनको स्वास्थ्य अबस्थामा समस्या आएपछि बीर अस्पताल हुदै उनलाई २८ नवंबर बाट ग्राण्डी अस्पतालमा भर्ना गरि उपचार हुने क्रममा किट्नीमा स्टोन देखिएको थियो। अनुसन्धानका लागि२४ दिन थुनामा राख्ने झुट्टा मुद्दा बिरुद्ब शसक्त्त बिद्रोह गरि आफुलाई निर्दोष सावित गर्दै सात दिनमा नै हिरासत मुक्त हुन सफल भएका थिए। अहिले किट्नीमा रहेको स्टोनको अप्रेसनका लागि मेडिकल कलेजमा भर्ना भएका छन्। उनको अप्रेसन हुने तयारी भइरहेको कुरा उनकी श्रीमती सुजना खतिवडाले जानकारी दिएक़ी छन्।
उता अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाइलाई स्वास्थ्य अवस्थामा समस्या आएपछि भक्तपुर क्यान्सर अस्पताल हुदै अहिले काठमाण्डौ मेडिकल कलेजमा नै राखेर उपचार र अनुसन्धान भइरहेको केन्द्रिय सदस्य ओमप्रकाश लुइँटेलले जानकारी दिएका छन्। उनका अनुसार दुबै अध्यक्षहरु काठमाण्डौ मेडिकल कलेजको चौथो तल्लामा रहेको क्याविन नं २५ र क्याविन न. २४ मा भर्ना भएka छन्। हाम्रो शरिरमा लागेको रोग र हामी माथी लागेको दोष दुबैलाइ हामी जरैबाट निमिट्यान्न पारेर देश र जनताका पिडा दुख र छट्टपट्याई रहेका घाउहरुमा मलम पट्टि गलाउन आउदै छौ। तवसम्म सबै देश भक्त न्याय प्रेमी महानुभावहरुमा धैर्य धारण गरि शान्तिपुर्ण खवरदारी सभामा सरिक भइरहन कल्पितको अपिल गरेको अभियानले जनाएको छ।