सिलगढी पुलिस आयुक्त कार्यालयतर्फ डीवाईएफआईले चलायो अभियान

IMG-20241216-WA0201

सिलगढी: आरजी कर मामिलामा न्यायको माग गर्दै आज डीवाईएसआईद्वारा सिलगढी पुलिस आयुक्तको कार्यालयमा एक अभियान आयोजना गरियो। राज्य डीवाईएफआई सचिव मीनाक्षी मुखर्जी पनि अभियानमा भाग लिइन्। अभियान कार्यक्रममा आरजी करको विषयमा नाराबाजी गरियो। तृणमूल कांग्रेस र सीबीआई विरुद्ध चर्को नाराबाजी गर्दै प्रश्न गरियो, ‘मुद्दामा न्याय कहिले?’ डीवाईएफआई दार्जीलिङ जिल्ला समितिको आह्वानमा सोमबार दिउँसो महानन्दा नदीको पुलमुनि हुँदै युवाहरुको जुलुस निकालियो। जुलुस दार्जीलिङ मोडबाट हिलकार्ट रोड हुँदै पुलिस आयुक्तको कार्यालयमा पुग्यो। यस जुलुसमा पीडितका लागि आवाज उठाइएको थियो। डीवाईएफआई नेताहरूले भने कि युवाहरूले आरजी कर मामिलामा न्यायको माग गर्दै र जिल्लाको ध्वस्त कानून व्यवस्थाको विरुद्धमा सिलगढी पुलिस आयुक्तको कार्यालयमा ठूलो संख्यामा विद्यार्थी संगठनका सदस्यहरू अभियानमा भाग लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement