दार्जीलिङ: बदमताम खेलकुद संघको आयोजनमा ओपन नकआउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो । दार्जीलिङ नजिक बदमताम (लेबोंग)-मा स्थानीय खेल मैदानमा भएको उद्घाटन म्याचमा सिंगला बजारले मनपुर एफसी (सिक्किम) विरुद्ध ७-३-ले जीत हासिल गऱ्यो। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।