दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा बड़ा काकझोड़ाले रोमाञ्चक जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा आइतवार भएको म्याचमा बड़ा काकझोड़ाले केजीकेएस विरुद्ध पेनल्टी शूटआउटमा ७-६-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विजेता टीमका ज्योति छेत्रीले प्लेयर अव् द म्याच को पुरस्कार जिते। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।