गुजरात जाइण्ट्सबाट १.९० करोड़को बोली हासिल गरिन् सिमरन शेखले

IMG-20241215-WA0263

बेंगलुरु: महिला प्रीमियर लीग (डब्ल्यूपीएल) २०२५-को निम्ति आइतवार भएको खेलाड़ीहरूका लिलामीमा लेग स्पिनर सिमरन शेख सबैभन्दा महँगो खेलाड़ी रहिन्। सिमरनलाई गुजरात जाइण्ट्सले सर्वाधिक १.९० करोड़ रुपियाँको बोली लगाएर आफ्नो टीममा सामेल गऱ्यो। लिलामीमा पाँचवटा फ्रेञ्चाइजीले १९ जना खेलाड़ीमाथि ९.०५ करोड़ रुपियाँ खर्च गऱ्यो। लिलामीमा अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने) सिमरनको साथमा जम्मा ४ जना खेलाड़ी करोड़पति बनिन्। यसबीच स्नेह राणा र पूनम यादव चाहिँ अनसोल्ड रहिन्। यसपालीको लिलामीमा सबैभन्दा महँगो खेलाड़ी रहने सिमरनले आफ्नो आधार मूल्य (बेस प्राइस) केवल १० लाख रुपियाँ राखेकी थिइन्। लिलामीमा दोस्रो सबैभन्दा महँगो खेलाड़ी वेष्ट इण्डिजकी डिएण्ड्रा डटिन रहिन्, जसको निम्ति पनि गुजरात जाइण्ट्सले नै १.७ करोड़ रुपियाँको बोली लगायो। यस सूचीमा तेस्रो स्थान जी कमालिनीको रह्यो, जसलाई मुम्बई इण्डियन्सले उनको आधार मूल्यभन्दा १६ गुणा अधिक मूल्यमा हासिल गऱ्यो। दश लाख रुपियाँको आधार मूल्य भएको यस भारतीय विकेटकीपर ब्याटरलाई मुम्बई इण्डियन्सले १.६ करोड़ रुपियाँमा आफ्नो टोलीमा सामेल गऱ्यो। यसरी अलराउण्डर प्रेमा रावतले पनि असल बोली हासिल गरिन्। उनलाई रोयल च्यालेञ्जर्स बेंगलुरुले १.२ करोड़ रुपियाँमा हासिल गऱ्यो। यसरी एन चरणी ५५ लाख रुपियाँको बोलीमा दिल्ली क्यापिटल्समा सामेल भइन्।

About Author

Advertisement