हेमिल्टन: न्यूजील्याण्डले ईंग्ल्याण्डविरुद्ध तेस्रो तथा अन्तिम टेस्ट म्याचमा जीतको गोरेटोमा कदम बढ़ायो। यसअघि दुईवटा टेस्ट म्याच हारेर तीनवटा टेस्ट म्याचको सीरीज अगावै गुमाए पनि न्यूजील्याण्डले तेस्रो टेस्टमा लड़ाकू प्रदर्शन गर्दै ईंग्ल्याण्डको समस्या बढ़ाएको छ। सेडोन पार्कमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३४७ रन बनाएको थियो। त्यसपछि ईंग्ल्याण्ड केवल १४३ रनमा अलआउट हुँदा न्यूजील्याण्डलाई पहिलो ईनिंग्सको आधारमा २०४ रनको बढ़त हासिल भयो। न्यूजील्याण्डले पछिबाट दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेटमा १३६ रन बनायो। यसरी आयोजक टीमसँग अहिले समग्रमा ३४० रनको मजबूत बढ़त रहेको छ। आज खेल समाप्त हुँदासम्म केन विलियम्स ५० र रचिन रविन्द्र २ रन बनाएर खेलिरहेका थिए। विलियम्सनले ५८ बल खेलेर ८ वटा चौका लगाइसकेका छन्। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा विलियम्सनबाहेक ओपनर विल यंगले ८५ बल खेलेर ९ वटा चौकाको साथ ६० रन बनाए। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले सर्वाधिक २ विकेट लिए। यसअघि न्यूजील्याण्डको पहिलो ईनिंग्समा शनिवार अविजित रहने मिचेल सेण्टनरले सर्वाधिक ७६ रन बनाए। उनले ११७ बल खेलेर १० वटा चौका र २ वटा छक्का लगाए। यसरी ईंग्ल्याण्डको पहिलो ईनिंग्समा कसै अर्द्धशतकसम्म पनि बनाउन सकेनन्। जो रुटले ३२, स्टोक्सले २७, ओली पोपले २४ र ओपनर ज्याक क्राउलेले २१ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरीले सर्वाधिक ४ विकेट लिए। यसबाहेक विल ओरुर्की र मिचेल सेण्टनरले ३-३ विकेट हासिल गरे।