गान्तोक: लुसोङ-नामसुङ उत्सव आयोजक समितिका चोलीले आज मुख्यमन्त्री प्रेमसिँह तामाङसित भेट गरे। टोलीको नेतृत्व योक्सोम-टाशिडिङ निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डयन मन्त्री टीटी भोटियाले गरेका थिए। सो अवसरमा बर्फुङ निर्वाचन क्षेत्रका क्षेत्र विधायक रिक्सल दोर्जी भोटिया पनि सामेल थिए। उक्त भेटबारे मुख्यमन्त्री तामाभले आफ्नो आधिकारिक शोसल साइटमा उल्लेख गरेका छन्। उत्सव समितिका सदस्यहरुले उक्त दुवै महान पर्वको अवसरमा मुख्.यमन्त्री तामाङलाई मुख्य अतिथिका रुपमा निमन्त्रणा गरॆका थिए। मुख्यमन्त्रीले उत्सव समितिका सदस्यहरुसंग लामो छलफल गर्दै दुवै उत्सवको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। उनले उपस्थित सदस्यहरुलाई आफ्ना पुरानो महान पर्व साथै ऐतिहासिक परम्पराहरूको संरक्षण र प्रवर्द्धन गरिरहने आग्रह पनि गरेका छन्। सिक्किमको सांस्कृतिक धरोहर र सम्पदाको संरक्षणको लागि सरकार सधैँ अघि आउने उल्लेख पनि गरेका छन्।