गान्तोक: सेन्टर फर कम्प्यूटर एण्ड कम्यूनिकेशन टेक्नलोजी (सीसीसीटी) को नेशनल सर्विस स्किम (एनएसएस) ले आसाममा आयोजना हुने पूर्व-गणतन्त्र दिवस परेड शिविरमा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको छ। यो प्रतिष्ठित कार्यक्रमको उद्देश्य देशको राजधानी नयाँ दिल्लीमा २०२५ को गणतन्त्र दिवस परेडमा उत्तर-पूर्वी क्षेत्रको प्रतिनिधित्व गर्न उत्कृष्ट् एनएसएस क्याडेटहरू छनौट गर्नु रहेको थियो।
शिविरको लागि छनोट प्रक्रिया सिक्किम राज्य एनएसएस सेल र उत्तर-पूर्वी डिभिजनका प्रमुख प्रभारीहरूको पर्यवेक्षणमा सञ्चालन गरिएको थियो। सहभागीहरूको मूल्याङ्कन तीन प्राथमिक मापदण्डहरूमा गरिएको थियो, जसमा परेड शीप, परेड अभ्यासमा परिशुद्धता, अनुशासन र समग्र प्रदर्शनको मूल्याङ्कन रहेको थियो।