नाम्ची: मुख्यमन्त्रीकी श्रीमती कृष्णा कुमारी राईले आज नाम्चीमा बक्सिङ हलको उदघाटन गरिन्। नाम्चीस्थित पार्किङ प्लाजामा निर्माण गरिएको बक्सिङ हल खेलाड़ीहरुलाई समर्पित गरिएको छ। मुख्य अतिथि रहेकी राईसंग नाम्ची सिङ्गीथाका क्षेत्रका विधायक सतिशचन्द्र राई, नाम्ची नगर परिषद अध्यक्ष गणेश राई, नाम्ची जिल्ला बक्सिङ संघका सदस्यहरू र खेलाड़ीहरुको बाक्लो उपस्थिति थियो। नाम्ची जिल्ला बक्सिङ संघका सदस्यहरू खेलाड़ीहरुले अतिथिहरपुलाई स्वागत गरेपछि कार्यक्रम विधिवत रुपमा शुरु भएको थियो। संघले खेलकूदको क्षेत्रमा गरेको उल्लेखनीय कार्यप्रति सरकारको सराहना गरेका थिए। विशेष महिला खेलाड़ीहरुको सहभागिताको महत्त्वलाई सामाजिक प्रगतिको रुपमा लिएको छ।

आफ्नो सम्बोधनमा मुख्य अतिथि राईले खेलकूद र जीवनमा सफलता प्राप्त गर्न दृढता, ऊर्जा र स्थिरताले प्रमुख भूमिका खेल्ने कुरामा जोड दिँदै नाम्ची जिल्ला बक्सिङ संघद्वारा पहिले नै प्रयोगमा रहेको नाम्ची बक्सिङ हललाई संघद्वारा व्यवस्थित र मर्मत गरेर राम्रो बक्सिङ सेन्टर तयार पारेकोमा खुसी व्यक्त गरिन्। उनले यसलाई उत्कृष्ट खेलाड़ीहरु तयार पार्ने सेन्टरको रुपमा बनाउने सल्लाह पनि दिइन्। यसबीच कार्यक्रममा भेटरेन् पुरुष र महिला वर्गमा दुई प्रदर्शनी खेलहरू पनि सम्पन्न गरियो।