गान्तोक: राज्यका एक वरिष्ठ साहित्यकार एवं पत्रकार सुवास दीवकलाई वर्ष २०२४ को दान खालिङ साहित्य सम्मान प्रदान गरिने भएको छ। उल्लेखनीय छ, सिलगडी नेपाली साहित्य संस्थानले प्रत्येक वर्ष २६ दिसम्बरको दिन आफ्नो स्थापना दिवसको अवसर पारेर यो पुरस्कार प्रदान गर्ने गरेको छ। यस वर्षको पुरस्कारलाई लिएर संस्थानको पुरस्कार चयन समितिको आज सालबारीस्थित गोम्देन साहित्य कक्षमा बसेको बैठकले यो निर्णय लिएको हो।
चयन समितिले एक असल अनुवादकको रुपमा स्थापित नाम सुवास दीपकलाई यस वर्षको पुरस्कार प्रदान गर्ने सर्वसम्मतिमा निर्णय लिएको छ। सम्मानका रूपमा अङ्गवस्त्र, स्मृति चिन्ह र नगद राशी २० हजार खालिङ परिवारका वरिष्ठ सदस्यका बाहुलीबाट प्रदान गरिने छ। चयन समितिका सदस्यहरू वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा, प्रोफेसर कविता लामा अनि उप प्रध्यापक मेघनाथ छेत्री सामेल रहेका छन्।
सम्मान कार्यक्रम आगामी २६ दिसम्बर २०२४ का दिन देवकोटा सङ्घ, प्रधान नगर सिलगडीमा आयोजना गरिने छ।