इजरायल हवाई हमलामा २२ जना प्यालेस्टाइनीको मृत्यु

Iran-Isreal-attack-representative-photo-copy-1

गाजामा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ। घटनामा दर्जनौ घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स (आईडीएफ) गाजाको देर अल–बालाह शहरमा गरेको आक्रमणमा उक्त शहरका मेयर पनि मारिएका छन्। त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चा सहित सात जनाको मृत्यु भएको छ। इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ। तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो। गत वर्षको अक्टोबरमा हमासले इजरायलमा हमला गर्दा १२ सय इजरायली मारिएपछि हमास र इजरायलबीचको सम्बन्ध चिसिएको हो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement