हेरोइनसितै एकजना पक्राउ

IMG-20240717-WA0003

नगाउँ(असम): गुप्त सूचनाको आधारमा अभियान परिचालन गरी नगाउँ सदर पुलिसको टीमले भारी मात्रामा हेरोइनसितै एकजना तस्करलाई पक्राउ गरेको छ।
पुलिसले बतायो, आइतवार नगाउँ सदर पुलिसको एक टीमले मादक पदार्थ विरोधी अभियान संचालन गरी संदिग्ध हेरोइनले भरिएका दुईवटा प्लास्टिकका साबुनदानीलाई जफ्त गऱ्यो जसको वजन 24.23 ग्राम रहेको अनुमान लगाइएको छ।
यस मामिलामा एकजना ड्रग्स तस्करलाई पक्राउ गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएसको धारा अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement