तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट शुरु: उदघाटन खेलमा शिवखोला एफसी बिजय

IMG-20241215-WA0219

खरसाङ: युनाईटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट शुरु भएको छ। आजको उदघाटन खेल शिवखोला एफसी र सीएनएफए सिलगढीमाझ सम्पन्न भएको छ। उक्त उदघाटन खेलमा शिवखोला एफसीले सीएनएफए सिलगढीलाई २-१ को अन्तरले हराउँदै दोस्रो चरणमा‌ प्रवेश गरेको छ। यस खेल अन्तर्गत पहिलो हाफको २०औं मिनटमा सिलगढीको जर्सी नम्बर ९ टाँसी दोर्जेले गोल गरेर बढत बनाएको थियो। त्यसपछि सिलगढीको डिबक्समा ह्याण्ड बल हुँदा ३१औं‌ मिनटमा शिवखोलाको जर्सी नम्बर १७ लरेन्सले‌ पेनाल्टीलाई गोलमा परिणत गरेर खेल बराबरीमा ल्याएको थियो। पहिलो हाफको खेल १-१ गोलको बराबरीमा‌ समाप्त भएको थियो। दोस्रो हाफको ४२ औं मिनटमा शिवखोला एफसीको जर्सी नम्बर १४ मोनु सावरियाले गोल गरेर खेल २-१ को बढत बनाएका थिए। यही गोल निर्णायक सावित भएर शिवखोलाले २-१ को अन्तरले खेल जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। आजको उदघाटन खेललाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको एमओडी सभासद एंव युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको मुख्य संरक्षक नवराज छेत्रीले किक् अफ् गरेर शुरु गरेका थिए। आजको उदघाटन खेलमा मुख्य अतिथिको रुपमा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा शिक्षा अनि खेलकूद विभागको कर्माध्यक्ष वाङ्दी लामा, कर्माध्यक्ष भक्तिमान तामाङ, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत समिति सदस्या अनिरा तामाङ, सुरेन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यस उदघाटन खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद एंव युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको मुख्य संरक्षक नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement