सांसद राजु बिष्ट गीता वाचनमा सहभागी

Screenshot_20241215_164231_WhatsApp

सिलगढी: सिलगढीमा आज नयाँ इतिहास रचिएको छ। कावाखलीको कुरुक्षेत्र मैदानमा आज एक लाखभन्दा बढी भक्तजनले एकसाथ गीता वाचन गरे। गीता वाचन कार्यक्रममा देशभरका ११ सय भन्दा बढी सन्तहरुको सहभागिता रहेको थियो। साथै राज्यभरबाट एक लाखभन्दा बढी भक्तजन आएका थिए। सांसद राजु विष्टले गीता वाचन कार्यक्रमलाई सफल बनाउन देशका सम्पूर्ण साधुसंत तथा भक्तजनप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले यस कार्यक्रममा सहभागी सम्पूर्ण साधु-सन्यासीहरुलाई धन्यवाद दिनुका साथै आमजनतालाई पनि धन्यवाद दिए। उनले गीताको शिक्षालाई सबैले आफ्नो जीवनमा आत्मसात् गर्ने आशा राखे। बंगलादेशको बारेमा सोध्दा उनले भारतकै कारण बंगलादेश राष्ट्र बनेको कुरा बिर्सन नहुने बताए। उनले भने, ‘हाम्रा १७ हजार सैनिकको बलिदानपछि बंगलादेश बनेको हो, तर बंगलादेशमा जसरी हिन्दूमाथि अत्याचार भइरहेको छ, महिलामाथि बलात्कार भइरहेको छ, त्यो सहन सकिँदैन। यस सम्बन्धमा भारत सरकारले कडा चेतावनी दिएको छ। बंगलादेशले भारत आफ्नो पिता हो भन्ने कुरा बिर्सनु हुँदैन। बंगलादेशले भविष्यमा जे गर्दैछ त्यसको परिणाम भोग्नुपर्नेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement