सिलगढी: पश्चिम बंगालको शहर सिलगढी आज ऐतिहासिक क्षणको साक्षी बन्यो, जहाँ लाखौं मानिसहरूले एक साथ गीता वाचन गरे। आज भारतभरका करिब ११०० प्रतिष्ठित साधु-सन्यासीहरू र भाजपाका धेरै शीर्ष नेताहरूको उपस्थितिमा गीता वाचन गरेर मानिसहरूले इतिहास रचे। गीता वाचन गर्न राज्यभरबाट लाखौं भक्तजन आएका छन्।

कावाखली मैदानमा साधु-सन्यासीहरुको उपस्थितिमा लाखौं स्वरमा गीता वाचन गरियो। पूरै मैदानमा गीतासँगै मानिसहरु देखिन्थे। गीता वाचनका लागि आज बिहानैदेखि भक्तजनहरू पैदल र विभिन्न सवारी साधनमा मैदानमा पुगे। आज भाजपाका नेता सुकान्त मजुमदारले भने, ‘पश्चिम बंगाललाई बचाउने हो भने हिन्दूहरू सचेत हुनुपर्छ, एकजुट हुनुपर्छ।‘ आज लाखौं स्वरमा गीता वाचन कार्यक्रममार्फत उनले बंगलादेशका हिन्दूहरूको साथमा उभिन हिन्दूहरूलाई अनुरोध गरे।