केजरीवाल फेरि नयाँ दिल्लीबाट चुनाव लड्ने

Arvind-Kejriwal-Delhi-Cm-copy

नयाँ दिल्ली: दिल्लीको चुनावलाई ध्यानमा राख्दै आम आदमी पार्टी (आप)ले आफ्ना उम्मेदवारहरूको चौथो सूची जारी गरेको छ। यसपटक सूचीमा दुईवटा मात्रै परिवर्तन गरिएको छ। पार्टीले कस्तुरबा नगर र उत्तम नगरमा उम्मेदवार परिवर्तन गरेको छ। अरविन्द केजरीवाल फेरि नयाँ दिल्लीबाट चुनाव लड्ने भएका छन्। सीएम आतिशी कालकाजीबाट चुनाव लड्ने छन्। योसँगै पार्टीले सबै ७० सिटमा उम्मेदवार घोषणा गरेको छ। आज आम आदमी पार्टीले ३८ उम्मेदवार घोषणा गरेको छ। यसअघि ३२ उम्मेदवारको नाम सार्वजनिक भएको थियो जसमा अधिकांश सिट परिवर्तन भएको थियो। पछिल्लो तीन सूचिमा आम आदमी पार्टीले धेरै विधायकको टिकट रद्द गरेको थियो। जसका कारण पार्टीले पनि विरोधको सामना गर्नु परेको छ। आपले  चौथो सूचीमा दुईवटा मात्र परिवर्तन गरेको छ। कस्तुरबा नगर र उत्तम नगरमा उम्मेदवार परिवर्तन भएका छन्। नरेश बल्यानको स्थानमा उनकी पत्नी पूजा बाल्यानले उत्तम नगरबाट टिकट पाएकी छिन्। आज भाजपा छोडेर आम आदमी पार्टीमा प्रवेश गरेका रमेश पहलवानलाई कस्तुरबा नगरबाट टिकट दिइएको छ। अरविन्द केजरीवाल नयाँ दिल्लीमा हुनेछन् भने मुख्यमन्त्री आतिशी कालकाजीबाट चुनावी मैदानमा छिन्।

पति नरेश बल्यानको सट्टा उत्तमनगरबाट टिकट पाएकी उनकी श्रीमती पूजा बाल्यानले भनिन्, ‘नरेश बल्यानलाई कैद गर्न सकिन्छ तर उनको व्यवहार र लाखौं जनताको परिवारलाई आज तपाई सबैको सम्मान छl म र मेरो परिवारले कार्यकर्ता सम्मेलनमा देखाएको जोश, जाँगर र हिम्मतलाई म र मेरो परिवारले कहिल्यै भुल्ने छैन। कार्यकर्ता सम्मेलनमा आउनुहुने सबैमा शिर झुकाएर अभिवादन गर्दछु।‘ टिकट वितरणअघि भारतीय जनता पार्टीका नेता रमेश पहलवान र उनकी पत्नी कुसुमलता आम आदमी पार्टीमा प्रवेश गरेका थिए। उनलाई अरविन्द केजरीवालको उपस्थितिमा पार्टीको सदस्यता दिइएको छ। यसपछि रमेश पहलवानले पनि इनाम पाए र ३८ उम्मेदवारको सूचीमा पनि स्थान पाए। रमेश पहलवान र उनकी श्रीमतीलाई आफ्नो पार्टीमा समावेश गरेपछि अरविन्द केजरीवालले भने, ‘आज म रमेश पहलवान र काउन्सिलर कुसुमलतालाई आम आदमी पार्टीमा समावेश गर्न पाउँदा धेरै खुशी छु। उनले प्रवेशले हाम्रो पार्टीलाई अझ बलियो बनाउनेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement