डुवर्समा सेनाको आयोजनामा  ५ किलोमिटर हाफ म्याराथन दौड सम्पन्न

IMG-20241215-WA0140

जलपाईगढी: भारतीय सेनाले आइतबार जलपाईगढी जिल्लाको मटेली थानाअन्तर्गत टिया जंगलको छेउमा रहेको मैदानबाट पाँच किलोमिटर चाल्सा हाफ म्याराथन आयोजना गर्यो। सेनाले आयोजना गरेको म्याराथनमा विभिन्न चिया बगान र डुवर्सका युवाहरुको सहभागिता रहेको थियो। म्याराथनको समापनमा २२ माउन्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल बंगारु रघुले विजेताहरुलाई पुरस्कार प्रदान गरे।  हाफ म्याराथन दौडमा चिया बगान र छेउछाउका युवाहरुको बाक्लो सहभागिता रहेको थियो। युवाहरुमा दौडलाई लिएर निकै उत्साह थियो। जनतासँग सम्पर्क बढाउन र उनीहरुको विश्वास जित्नका साथै युवाहरुको प्रतिभा बाहिर ल्याउन यो हाफ म्याराथन दौड आयोजना गरिएको सेनाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement