खरसाङ: अनुसुचित जाति संयुक्त मञ्चको आयोजनामा आगमी २२ दिसम्बर २०२४ आइतबारको दिन हुन लागेको राष्ट्रिय महाधिवेशनको निम्ति आज सुकना मोडल हाई स्कूलको मैदानमा आयोजक समितिको पक्षबाट भूमि पूजन गरी कार्यक्रमको थालनी गरियो। आयोजक समितिको पक्षबाट महासचिव राजेश गजमेरले यो भूमि पूजा गर्नुको मुख्य उद्देश्य आगामी २२ दिसम्बरमा हुन लागि रहेको महाधिवेशन सफलतापूर्वक होस् साथै कार्यक्रमको दिन कुनै प्रकारको अप्रिय घटना नहोस् भनी यो पूजन गरिएको जनाए। यस भूमि पूजन अवसरमा आयोजक समितिको पक्षबाट सभापति राजु सुनार, महासचिव राजेश गजमेर, अभिनाष मोथे, सञ्जय पोर्तेल, लिला सिंग सुनार, हिरामणि सेवा, पुण्य गजमेर, बिमल दर्जी, अनुप रामुदामु आदि उपस्थित थिए।











