खरसाङ: तीनधारे महानदी समष्टिभित्र पर्ने सम्पूर्ण जीटीए कर्मचारीहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठनको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा घैयाबारीमा सम्पन्न भएको छ। उक्त सभा नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानको अध्यक्षता र समष्टिको प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। सभामा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिको सभापति साजन गहतराज, सभासद नवराज छेत्री सभासद एंव भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रमाण रसाईली र सभाध्यक्ष निरा प्रधानले वक्तव्य राखेका थिए। सभामा जीटीए कर्मचारी संगठन केन्द्रीय समिति सदस्य एंव खरसाङ महकुमाको सह सचिव युवराज प्रधान, केन्द्रीय सदस्यहरु विजय प्रधान, राजेस प्रधान र महकुमाको कोषाध्यक्ष दिनेश तामाङ लगायत पञ्चायत समिति सदस्यहरु सरिता मुखिया, अनिरा तामाङ, उप प्रधान केवल राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यही सभामा तीनधारे महानदी समष्टिभित्र पर्ने सम्पूर्ण जीटीए कर्मचारीहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिएको छ। जीटीए कर्मचारी संगठन तीनधारे महानदी समष्टि कमिटीमा सभापति राजेस प्रधान, उप सभापति नारायण शर्मा र अनिल तामाङ,सचिव मनिषकुमार प्रधान, सह सचिव बिजय सुब्बा र मिलन प्रधान, कोषाध्यक्ष किरण प्रधान र सह कोषाध्यक्ष धिरज प्रधान, मुख्य सल्लाहकारमा युवराज प्रधान, राजेन्द्र कुमार राई र सुरेश वाईबाआदि लगायत कार्यकारी सदस्यहरू चयन भएका छन्।

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले भागोप्रमो तीनधारे महानदी समष्टिभित्र पर्ने विभिन्न भातृ संगठनहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिने कार्य लगातार रुपमा गरिरहेको छ र यसै क्रममा आज तीनधारे महानदी समष्टिभित्र जीटीए कर्मचारीहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले योभन्दा अघि पनि विभिन्न भातृ संगठनहरु गठन गरिएको बताएका छन्।