एनडीएको घटक दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले राष्ट्र हितमा‌ रहेको ‘एक देश, एक चुनाव’ विधेयकलाई हार्दिक स्वागत गर्दछ: मन घिसिङ

IMG-20241215-WA0151

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी १६ दिसम्बर २०२४ मा लोकसभामा पेश हुन गइरहेको ‘एक देश, एक चुनाव’ (One Nation, One Election) विधेयकलाई हार्दिक स्वागत गर्दछ भनी आज एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समितिको अध्यक्ष मन घिसिङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘सर्वमान्य प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहाको तर्फबाट भारत राष्ट्रलाई ठूलो उपहार मानिनेछन्। राष्ट्र हितलाई सर्वोपरि मान्ने गोरामुमो दलले यो विधेयकलाई ऐतिहासिक कदमका रूपमा लिएको छ र यसको सफलताका लागि पूर्ण विश्वास व्यक्त गर्दछ।’
उनले आफ्नोे प्रेस विज्ञप्तिमा‌ भनेका छन् – ‘पूर्व राष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षतामा गठित समितिले केन्द्र सरकारलाई यो विधेयक प्रस्तुत गरेको हो। देशभरका ३२ वटा राष्ट्रिय तथा क्षेत्रीय दलहरूले यस विधेयकलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका छन्। उक्त ३२ दलहरुमध्ये गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पनि भारतीय गोर्खाहरूको पक्षमा समर्थन जनाएको छ भने म स्वयंले गोर्खाहरूको देशप्रतिको इमानदारिताको पक्षमा हस्ताक्षर गरी हाम्रो प्रतिबद्धता प्रकट गरिसकेको छु।’
गोरामुमो अध्यक्ष मन घिसिङले अघि भने, ‘एनडीएको घटक दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सदैव राष्ट्र हितका विषयमा देशसँग काँधमा काँध, हातमा हात, कदममा कदम मिलाएर जिम्मेदारीको साथ खडा रहेको छ। ‘एक देश,एक चुनाव’ को अवधारणाले देशको राजनीतिक अनि प्रशासनिक प्रणालीलाई थप व्यवस्थित र सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा लिएका छौँ। यसले प्रशासनिक खर्चमा कमी ल्याउनुका साथै लोकतान्त्रिक प्रक्रियालाई अझ प्रभावकारी बनाउनेछ।’
उनले अझ भने, :यस ऐतिहासिक विधेयकले १६ दिसम्बर २०२४ को दिन लोकसभामा ऐतिहासिक बहुमत प्राप्त गरेर सर्वसम्मतिमा पारित होस् भन्ने कामना गर्दै, सम्पूर्ण देशवासीलाई अग्रिम शुभकामना व्यक्त गर्दछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement