जिम्बाब्वेविरुद्ध टी२० सीरीजमा अफगानिस्तानको यादगार जीत

IMG-20241215-WA0120

हरारे: अफगानिस्तानले असल प्रदर्शनको क्रम जारी राख्दै तेस्रो तथा निर्णायक टी२० म्याचमा आयोजक जिम्बाब्वेलाई ३ विकेटले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तानले ३ वटा टी२० म्याचको सीरीज पनि २-१-ले जित्यो। हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिंग गर्दै जिम्बाब्वे १९.५ ओभरमा १२७ रन बनाएर अलआउट भयो।जिम्बाब्वेबाट ब्रायन बेनेटले सर्वाधिक ३१ र वेस्ली माधेवेरेले २१ रन बनाए। यी दुईजनालाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय ईनिंग्स खेल्न सकेनन्। कप्तान सिकन्दर रजा केवल ६ रन बनाएर आउट भए। अफगानिस्तानका बलरहरूमा स्पिनर राशिद खानले सर्वाधिक ४ विकेट लिए। यसबाहेक नवीन-उल-हक, मुजीब उर रहमान र अजमतुल्लाह ओमारजईले २-२ विकेट हासिल गरे। जवाफमा अफगानिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर १२८ रनको लक्ष्य हासिल गऱ्यो। सानो लक्ष्य रहे पनि अफगानिस्तानले एक समय ४४ रनमै ४ विकेट गुमाइसकेको थियो। त्यहाँबाट ओमारजईको साथमा गुलबदीन नईब र मोहम्मद नबीको उत्कृष्ट ब्याटिंगले अफगानिस्तानलाई यादगार जीत दिलायो। ओमारजईले सर्वाधिक ३४ रन बनाए। यसबाहेक नईबले २२ र नबीले अविजित २४ रन बनाएर जिम्बाब्वेको हार सुनिश्चित गरे। अफगानिस्तानलाई जीत दिलाउनमा जिम्बाब्वेका बलरहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जम्मा १५ वटा वाइ़ड बल गरे। अजमतुल्लाह ओमारजईले प्लेयर अव् द म्याचको पुस्कार हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement