म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले निराशाजनक ड्र-को साथ शीर्ष स्थानमा पुग्ने सुनौलो मौका गुमायो। शनिवार राति रियल म्याड्रिडले रायो भाल्लेकानोविरुद्ध खेलिएको म्याच जसोतसो ३-३-ले ड्र गऱ्यो। यस अवे म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिड एक समय २ गोलले पछाड़िएको थियो तर टीमले मध्यान्तर अघि नै स्कोर बराबरीमा पुऱ्यायो। रियल म्याड्रिडबाट म्याचमा फेडेरिको भाल्भर्देले ३९औं, जूड बेलिंघमले ४५औं र रोड्रिगोले ५६औं मिनटमा गोल गरे। यसरी रायो भाल्लेकानोबाट यूनाई लोपेजले चौथो, अब्दुल मुमिनले ३६औं र इसि पालाजोनले ६४औं मिनटमा गोल गरे। यस ड्र पछि रियल म्याड्रिड १७ वटा म्याचमा ३७ पोइण्ट्सको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। अहिले शीर्ष स्थानमा रहने बार्सिलोनासँग रियल म्याड्रिडभन्दा केवल १ पोइण्ट अधिक रहेको छ। यसरी रायो भाल्लेकानो २० पोइण्ट्सको साथ १३औं स्थानमा रहेको छ। अन्य म्याचहरूमा भाल्लाडोलिडले भेलेन्सियालाई १-०-ले, मालोर्काले गिरोनालाई २-१-ले अनि सेविलेले सेल्टा विगोलाई १-०-ले पराजित गऱ्यो। यसरी एस्पानयोल र ओसासुनाबीचको म्याच गोलरहित (०-०) ड्र-मा समाप्त भयो।