पाकिम जिल्ला प्रशासनको फिल्ड डे कार्यक्रम जारी

IMG-20241214-WA0258

पाकिम: पाकिम जिल्लाको अतिरिक्त जिल्लापालको सक्रियतामा जिल्ला प्रशासन कार्यालयले लगातार रुपमा सञ्चालित कृषि कार्यक्रम अभियानअन्तर्गत फिल्ड डे कार्यक्रममा कृषकहरुसंगत अन्तरक्रिया गरेको छ। स्मरण रहोस्, जिल्ला प्रशासनले पाकिम जिल्लाअन्तर्गत विभिन्न ठाउँका बाँझो जमीनहरुलाई कृषियोग्य बनाउने र यसका लागि स्थानीय कृषकहरुलाई प्रेरित गर्ने कार्यलाई सक्रियता दिएको छ। यही क्रममा प्रशासनिक अधिकारीहरुले प्रत्येक सप्ताह स्थानीय कृषकहरुसँग भेट गरेर अन्तरक्रिया गर्ने कार्य चलाउँदै आएको छ। जसलाई फिल्ड डे नामाकरण गरिएको छ। जिल्ला प्रशासनको यो १८औँ प्रकरण हो। जसमा जिल्लाअन्तर्गत विभिन्न गाउँका बाँझो जमीनलाई कृषियोग्य बनाउने कार्य पूरा गरिएको छ। फिल्ड डेको १८औँ प्रकरणमा जिल्ला प्रशासनका अधिकारीहरुले कृषकहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको समस्याबारे जानकारी लिए। साथै सरकारको तर्फबाट सहयोग गर्ने वचन दिए। जिल्ला प्रशासनबाट जारी प्रेस बय़ानअनुसार अभियानले १८ प्रकरणसम्म बाँझो जमीनलाई कृषियोग्य जमीनको रुपमा तयार बनाउने कार्य गरिएको छ। यस अभियानमा स्थानीय कृषकहरु, ग्राम पंचायतका प्रतिनिधिहरु र सरकारी कर्मचारीहरूको सक्रिय संलग्नता रहेको थियो। अभियानले पर्यावरणीय रूपमा दिगो कृषि अभ्यासहरूको प्रवर्द्धनमाथि लाभ पुऱ्याएको भनाइ जिल्ला प्रशासनको छ। जसले दिगो जीविकोपार्जन पहलहरू मार्फत स्थानीय मानिसहरुलाई सशक्तिकरण गर्ने काम गरिएको छ। अतिरिक्त जिल्लापालको नेतृत्वमा भएको कार्यमा स्थानीय कृषकहरु लगायत आधिकारीहरु पनि खुसी रहेको उल्लेख छ। यो अभियान बाँझो जमीनलाई प्रयोगमा ल्याइने र यसले युवा पुस्ताहरू, विशेष गरी युवा सरकारी कर्मचारीहरू, गैरसरकारी संस्थाहरू, संघहरू, क्लबहरू र पञ्चायत सदस्यहरूको संलग्नताले दिगो कृषि अभ्यासनमा लाभ पुग्ने आशा गरिएको उल्लेख प्रेस बयानमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement