नयाँ दिल्ली: इमाद वसीमको पदचिन्ह पहिल्याउँदै पाकिस्तानका अनुभवी पेस बलर मोहम्मद आमिरले पनि शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। यस ३२ वर्षीय पेस बलरले सोशल मीडियाको माध्यमले सन्न्यासको घोषणा गरेका छन्। आमिरले पाकिस्तानको क्रिकेटलाई उँचाईमा पुऱ्याउन युवा पीढ़ीलाई जिम्मेवारी सुम्पिने यो सही समय रहेको बताए। आमिरले सोशल मीडियामा लेखेका छन्, सावधानीपूर्वक विचार गरेपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय लिएको छु। यो निर्णय लिनु कहिले सजिलो हुँदैन तर अपरिहार्य छ। मेरो विचारमा आउँदो पीढ़ीले जिम्मेवारी लिने अनि पाकिस्तान क्रिकेटलाई नयाँ उँचाईमा पुऱ्याउने यो सही समय हो। आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो अनि सदा रहनेछ। उल्लेखनीय छ, आमिरले पनि इमादले झैं २०२१-मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए तर यस सालको शुरुवातमा यी दुईजनाले आफ्नो फसेला बद्लिएर राष्ट्रिय टोलीबाट खेल्ने निर्णय लिएका थिए। आमिरको करियर विवादहरूले पनि भरिएको रह्यो। उनलाई स्पट फिक्सिंगको आरोपमा ५ सालको निम्ति निलम्बित गरिएको थियो।