तेस्रो टेस्ट म्याचको पहिलो दिन न्यूजील्याण्डको ९ विकेटमा ३१५ रन

IMG-20241214-WA0252

हेमिल्टन: न्यूजील्याण्डले ईंग्ल्याण्डविरुद्ध आजदेखि शुरु तेस्रो टेस्ट म्याचको पहिलो दिन कप्तान टम लाथम र मिचेल सेण्टनरको अर्द्धशतकको सहायताले ९ विकेटमा ३१५ रन बनायो। सेडोन पार्कमा टस हारेर पहिला ब्याटिंग गर्ने न्यूजील्याण्डको पहिलो ईनिंग्समा शनिवार पहिलो दिनको खेल समाप्त हुँदासम्म सेण्टनर ५० र विल ओरुर्की शून्य रनमा अविजित रहे। सेण्टनरले ५४ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। ईंग्ल्याण्डका बलरहरूमा म्याथ्यू पट्स र गस एटकिन्सनले ३-३ विकेट लिए। आज न्यूजील्याण्डको पहिलो ईनिंग्समा कप्तान लाथम र विल यंगले असल शुरुवात दिलाए। यी दुईजनाले पहिलो विकेटको निम्ति १०५ रनको पार्टनरशीप गरे। विल यंग ४२ रन बनाएर आउट भए। उनले ८७ बल खेलेर १० वटा चौका लगाए। पहिलो विकेटको पतनपछि लाथम र केन विलियम्सनले मिलेर स्कोर १४२-सम्म पुऱ्याए। फर्ममा देखिएका लाथम ६३ रन बनाएर पट्सको शिकार बने। उनले १३५ बल खेलेर ९ वटा चौका लगाए। यसरी विलियम्सनले ८७ बलमा ४४ रनको धैर्यपूर्ण ईनिंग्स खेले। विलियम्सनले ९ वटा चौका लगाए। त्यसपछि रचिन रविन्द्रले १८, डेरिल मिचेलले १४ र ग्लेन फिलिप्सले ५ रन बनाए। दिनको अन्ततिर सेण्टनर र टिम साउदीले आक्रामक ब्याटिंग गर्दै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे। आफ्नो अन्तिम टेस्ट म्याच खेलिरहेका साउदीले १० बल खेलेर ३ वटा छक्का र एउटा चौकाको साथ २३ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement