विण्टर कप फूटबल टुर्नामेण्टः सेमिफाइनलमा पुग्न सफल भयो फ्यूचर स्टार स्पोर्टिंग क्लब

photocollage_20241214213557128

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा शनिवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम) ले रेड डेविल्स (नेपाल) विरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमबाट जेनसन लेप्चाले १६औं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती (दिनेश गुरुङ, २५औं मिनट) रह्यो। प्रीतम सन्यासीले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement